कार्यालयमा नबस्ने २३ कर्मचारीलाई लहान नगरपालिकाले सोध्यो स्पष्टीकरण – Nepal Press

कार्यालयमा नबस्ने २३ कर्मचारीलाई लहान नगरपालिकाले सोध्यो स्पष्टीकरण

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाले कर्मचारीहरू समयमा कार्यालय नआउने गरेको र आएका कर्मचारी पनि कार्यालयमा नबस्ने गरेको पाइएको छ ।

आइतबार मेयर महेश चौधरीले कार्यालयको छड्के गर्दा अधिकांश कर्मचारी अनुपस्थित देखिए ।

प्रशासन शाखालाई समेत जानकारी नगराएर २३ कर्मचारी अनुपस्थित रहेको मेयर चौधरीले बताए ।

अधिकांश कर्मचारी कार्यालयमा नभेटिएपछि उनीहरूमाथि आवश्यक कारबाही गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको मेयर चौधरीले जानकारी दिए ।

अनुपस्थित रहेका कर्मचारीहरूलाई प्रमुख प्रशासकीय अधिकृत खेम नन्द भुसालले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर