सहमतिको मर्मविपरीत बजेट आएको भन्दै एमालेद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध – Nepal Press

सहमतिको मर्मविपरीत बजेट आएको भन्दै एमालेद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशसभा अवरुद्ध गरेको छ ।

सरकारसँग भएको सहमति विपरीतका योजनाहरू बजेटमा समेटिएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

सभामुख राजबहादुर शाहीको रोहवरमा भएको सहमति विपरीत टुक्रे आयोजनामा बजेट विनियोजन गरेको एमालेको आरोप छ ।

एमालेले बजेट संशोधनको माग पनि गरेको छ ।

गत संसद् अधिवेशनमा एमाले र सत्तारुढ गठबन्धनबिच १५ लाख भन्दा साना बजेटका आयोजना कार्यान्वयन नगर्ने सहमति भएको थियो । तर सहमतिविपरीत रातो किताबमा साना योजना समेटिएको एमाले नेता यामलाल कँडेलले बताए ।

यस्तै सुदूरपश्चिमका ३ जिल्लाका लागि तटबन्ध तथा बाँध निर्माण गर्न ९ योजना छनोट गरिएको भन्दै कर्णालीलाई बजेट नभएको अवस्थामा सुदूरलाई किन दिनुपरेको हो भन्दै प्रश्न समेत गरेको छ ।

न्यूनतम १० लाख देखि अधिकतम २० लाखसम्म विनियोजन गरेको बजेटको कुल रकम एक करोड ३० लाखका सशर्त बजेट अन्तर्गतका योजना रातो किताबमा समेटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर