सिंहदरबारमा पत्रकार बोलाएर मन्त्री झाँक्री राजीनामा बुझाउन सुटुक्क बालुवाटार – Nepal Press

सिंहदरबारमा पत्रकार बोलाएर मन्त्री झाँक्री राजीनामा बुझाउन सुटुक्क बालुवाटार

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन बालुवाटार लागेकी छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेकी झाँक्री पत्रकारलाई मुख नदेखाई राजीनामा बोकेर बालुवाटार हिँडेकी हुन् ।

मन्त्री झाँक्रीको सचिवालयले पौने पाँच बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरिने बताएको थियो ।

आजै मन्त्रालयका कर्मचारीहरू उनलाई बिदाइ गर्न स्ट्यान्डबाइ छन् । तर, पत्रकारहरूलाई मन्त्रालयमै पर्खाएर झाँक्री सुटुक्क सिंहदरबार लागेकी हुन् ।

उनले राजीनामा बुझाइ सकेर पत्रकार सम्मेलनमा उपस्थित हुने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर