अन्तर्घातको आरोपमा विराटनगरका पूर्वमेयर पराजुलीसहित ७ जनालाई कारबाही सिफारिस – Nepal Press

अन्तर्घातको आरोपमा विराटनगरका पूर्वमेयर पराजुलीसहित ७ जनालाई कारबाही सिफारिस

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले निवर्तमान मेयर भीम पराजुलीसहित ७ जनालाई कारबाहीको सिफारिस गरेको छ ।

आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्य पार्टीका उम्मेदवारलाई सघाएको भन्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पराजुलीसँगै वडाका ७ जनालाई कारबाही गर्न जिल्ला कमिटीमा सिफारिस गरेको हो । निवर्तमान मेयर पराजुली संस्थापन पक्षका हुन् ।

गएको बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस विराटनगर-३ ले पार्टीका उम्मेदवारहरूले पराजुलीसहित ७ जनाले असहयोग गरेको भन्दै कारबाहीको लागि क्षेत्रीय समितिमा पत्र पठाएका थिए । सोही पत्र जिल्ला समितिलाई पठाएको क्षेत्रीय सभापति विनोद बस्नेतले बताए ।

कांग्रेस छाडेर नेपाली कांग्रेस बीपीबाट रामचन्द्र गौतम मेयरमा उठेका थिए । यस्तै बुथ सभापति शत्रुघनचन्द्र पौडेल वडाध्यक्षमा बागी उम्मेदवार बनेका थिए । पौडेल पराजुलीका भिनाजु हुन् । कारबाहीको सिफारिसमा भीमका दाजु चूडामणि पराजुली पनि छन् ।

पौडेलले बुथ सभापतिबाट राजीनामा दिएर बागी उठेका थिए । कांग्रेसका उम्मेदवार कमल पुडासैनीले एमालेका बासु बस्नेतसँग ४०० मतान्तरले हारेका थिए ।

कारबाही सिफारिस गरिएकाहरूमा पूर्वजिल्ला सदस्य विनोद निरौला, बुथ सभापतिमा पराजित धर्म बानियाँ धर्मेन्द्र, कृष्ण भण्डारी पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर