साथीले चलाएको गोली लागेर एक किशोर‌ घाइते, दुई पक्राउ – Nepal Press

साथीले चलाएको गोली लागेर एक किशोर‌ घाइते, दुई पक्राउ

जनकपुरधाम । साथीले चलाएको गोली लागेर सिरहाको लहानमा एक किशोर गम्भीर घाइते भएका छन् ।‌ घाइते हुनेमा लहान नगरपालिका २२ का १८ वर्षीय दिलीप मुखिया छन् । उनको पेटमै गोली लागेको छ । लहानमा उपचार सम्भव नहुने भएपछि उनलाई धरान लगिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीले घटनास्थल पुगेर तत्कालै संलग्न देखिएका स्थानीय १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय सुरज मुखियालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट एक थान कटुवा पेस्तोल, ५ राउन्ड गोली (७.६५ एमएम लेखिएको), एक थान म्यागेजिन र एक थान गोलीको खोखा पनि बरामद भएको छ ।

पक्राउ परेका सुशान्त र सुरज तथा गोली लागेर घाइते दिलीप साथी हुन् ।

उनीहरू स्थानीय रवीन्द्र चौधरीको घरमा बसेका थिए । त्यहाँ नै गोली चलेको र दिलीप घाइते बनेको स्थानीयको भनाई छ ‌।

ख्याल ख्यालमै साथीले नै गोली चलाएपछि दिलीप घाइते बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मैनालीले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर