मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै – Nepal Press

मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएर राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिन पुगेका आलेले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

उनले अपराह्न ५ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

नेकपा एसले गत जेठ २२ गते नै मन्त्री हेरफेरको निर्णय गरेको थियो । तर अहिलेसम्म निर्णय कार्यान्वयन हुन सकेको छैन ।

मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुपर्ने भए पनि आलेले अध्यक्ष नेपाललाई बुझाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर