चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव समितिमा नलैजानु संसदको असक्षमता : खगराज अधिकारी – Nepal Press

चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव समितिमा नलैजानु संसदको असक्षमता : खगराज अधिकारी

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाअभियोग प्रस्ताव छानबिन गर्न समितिमा पठाउनुपर्ने बताएका छन् ।

आज भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु संसदको असक्षमता हुने भन्दै यसको साक्षी प्रतिनिधिसभा हुन नहुने बताएका हुन् ।

उनले महाअभियोग प्रस्ताव समितिमा लगेर छानबिन र सुनुवाइ गर्नुपर्ने अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुने जिकिर गरे । प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भन्ने जनगुनासो रहेको उनको भनाइ छ ।

प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर, त्यसको थप प्रक्रिया अघि बढ्न सकेको छैन ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै राणा निलम्बनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर