न्यायपालिकामा हुने राजनीतिक नियुक्ति अन्त्य गर्नुपर्छः कानूनमन्त्री कोइराला – Nepal Press

न्यायपालिकामा हुने राजनीतिक नियुक्ति अन्त्य गर्नुपर्छः कानूनमन्त्री कोइराला

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायपालिकाभित्र हुने राजनीतिक नियुक्तलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कोइरालाले विभिन्न प्रतिवेदनका आधारमा न्यायपालिकाभित्र राजनीतिक नियुक्ति हावी हुने देखिएकाले यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले न्यायाधीशको नियुक्ति राजनीतिक भागबन्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्र रुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताए । न्याय प्रणालीलाई सर्वसुलभ बनाउने र न्यायमा समान पहुँचका निम्ति सरकारले कानूनी सहायता कार्यक्रमलाई लामो समयदेखि सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

मन्त्री कोइरालालले केही दिनअघि न्यायाधीशको अडियो प्रकरण सार्वजनिक भएलगतै छानबिन समिति गठन गरिएको जानकारी दिए ।

त्यस्तै विनियोजन विधेयकमाथि आफ्ना मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाठ्यपुस्तकको अभाव हटाउन नियमित अनुगमन भइरहेको जानकारी दिए ।

विद्यालय र उच्च शिक्षा सुधार, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र सीप विकासमा जोड दिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर