मौनता तोड्दै मिश्रले भने- नेतृत्वबाट मात्र राजीनामा दिएको हुँ, राजनीतिबाट होइन – Nepal Press

मौनता तोड्दै मिश्रले भने- नेतृत्वबाट मात्र राजीनामा दिएको हुँ, राजनीतिबाट होइन

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रविन्द्र मिश्रले आफू राजनीतिमा नै रहने बताएका छन् ।

फेसबुकमा आज स्टाटस लेख्दै उनले पार्टीको नेतृत्वबाट मात्रै राजीनामा दिएको बताउँदै साधारण सदस्य भने कायम नै रहेको बताएका छन् ।

‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ,’ उनले लेखेका छन्,‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन ।’

विवेकशील साझा पार्टीमा अझै १६३ जना केन्द्रीय सदस्यहरू रहेको उल्लेख गर्दै मिश्रले उनीहरूले पार्टीलाई अगाडि लैजाने विश्वास व्यक्त गरेका छन् ।

‘पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ, भन्ने विश्वास लिएको छु । म साधारण सदस्य रहने नै छु,’ उनले लेखेका छन् ।
आफ्नो राजनीतिको लक्ष्य देशको दूरगामी हित र जनताको जीवनको रूपान्तरण रहेको आशय उनले उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्,‘ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन ।’

के लेखे ? मिश्रकै शब्दमा..

मौनता र राजनीति

मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ ।
स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो– राजनीतिबाट होइन । पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ । पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु । म साधारण सदस्य रहने नै छु ।

राजनीतिको मेरो एउटैमात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो । ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन ।

कसरी त्यो सम्भव होला भन्ने मन्थन मैँ छु । मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुनेनै छु ।

सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुनेछ । अन्यथा, यो देशको लागि जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ, त्यसबारे विश्वास दिलाउन प्रयास गरी नै रहनेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर