हैजाको जीवाणु भेटिएपछि ललितपुरमा पानीपुरी-चटपटे बेच्न रोक – Nepal Press

हैजाको जीवाणु भेटिएपछि ललितपुरमा पानीपुरी-चटपटे बेच्न रोक

काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपटे बिक्री वितरण गर्न रोक लगाएको छ । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जीवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी र चटपटे बिक्री वितरणमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी तथा चटपटे बिक्री वितरण रोक्न भनेको महानगर प्रहरी प्रमुख सीताराम हाछेंथूले बताए ।

उनका अनुसार कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुुनेछ । नगर प्रहरीले पानीपुरी नबेच्न आग्रह गर्दै आइतबार बिहानैदेखि माइकिङ गरेर जानकारी गराइरहेको हाछेंथूले बताए ।

पानीपुरीमा प्रयोग गरिने पानी दूषित र त्यसमा हैजाका जीवाणु मिसिएको हुनसक्ने भएकाले बिक्री वितरणमा रोक लगाइएको हो । यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने जनाइएको छ । पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै बिक्री वितरण गर्न दिइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *