मूर्त-अमूर्त सम्पदाको संरक्षण गर्न परम्परागत बाजा खलःहरुलाई वाद्यवादन हस्तान्तरण – Nepal Press

मूर्त-अमूर्त सम्पदाको संरक्षण गर्न परम्परागत बाजा खलःहरुलाई वाद्यवादन हस्तान्तरण

काठमाडौं । बाग्मती प्रदेशका सांसद एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री डाक्टर अजयक्रान्ति शाक्यले मूर्त–अमूर्त सम्पदाको संरक्षणमा आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं ९ (क) अन्तर्गतका काठमाडौं महानगरपालिकाका वडाहरु १२, १४, २१ र २२ मा रहेका ४४ वटा विभिन्न बाजा खलःहरुलाई बाजा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘काठमाडौंमात्रै होइन बाग्मती प्रदेशका मूर्त–अमूर्त सम्पदा संरक्षणमा म निरन्तर लागिरहने छु’, सांसद शाक्यले भने, ‘म छोटो समय मन्त्री रहँदा पनि मन्त्रालयको क्षेत्राधिकारसँगै सम्पदा संरक्षणको क्षेत्रमा केही प्रयास गरेको थिएँ । अझ काठमाडौं महानगरभित्रका १२, १४, २१ र २२ वडा मेरो निर्वाचन क्षेत्र पनि हो । त्यसैले यहाँको संम्पदा संरक्षणमा अझ बढी योगदान गर्नु मेरो दायित्व हो ।’

कार्यक्रममा ४ वटा वडामा रहेका धिमे बाजा खलः, गुँला बाजा खलः, नायखिं बाजा खलः र भजन मण्डलसहितका परम्परागत बाजा सञ्चालन गरी आएका ४४ वटा खलःहरुलाई मेधा नेपाल काठमाडौं महानगरपालिका २१ को व्यवस्थापनमा वाद्यवादन हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा बाजागुरुहरुले पनि सम्पदा संरक्षणमा योगदान गर्नु प्रशंसनीय कार्य भएको धारणा राखेका थिए ।

उक्त वाद्यवादन हस्तान्तरण गर्न बाग्मती प्रदेश सरकारको विषयगत मन्त्रालयअन्तर्गत तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि आर्थिक वर्ष २०७८/०७९ मा ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *