फेरि घट्यो गाडी भाडा, अब कहाँ जान कति ? (भाडादरसहित) – Nepal Press

फेरि घट्यो गाडी भाडा, अब कहाँ जान कति ? (भाडादरसहित)

काठमाडौं । सरकारले गाडी भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटाएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको छ ।

सरकारले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटे भाडा समायोजन गर्दै आएको छ ।

हिजो रातिबाट डिजेल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रूपैयाँ घटेको थियो । नयाँ भाडा दर आजबाट नै लागू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर