यी ठाउँमा भारी वर्षाको सम्भावना – Nepal Press
आजको मौसम

यी ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । बिहान प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा रातभरजसो पानी परिरह्यो ।

आज दिउँसो पहाडी भू-भागका धेरै स्थानमा र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । आकलन गरिएको छ ।

हाल प्रदेश १, मधेस, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *