अब जागिर खान नसकिने भो – Nepal Press
विचार

अब जागिर खान नसकिने भो

जागिर अहिले व्यापारमा परिणत भएको छ

‘सक्छौ जागिर नखाउ, सक्तैनौ जागिर खाउ । झण्डामुनि बस, दरबार नपस ।’ – जसपाउ थापा ।

उनको यो कथन अहिले पनि त्यतिकै बलियो छ । त्यतिखेर पनि जागिर खान गाह्रो थियो । दरबारलाई चित्त नबुझेमा जागिर पजनी हुन्थ्यो । काम होइन, चाकरी ठूलो थियो । भीम मल्ल, भीमसेन थापा इमानदार थिए । पेशालाई दाउमा राखेर काम गरे । त्यसैले दरबारको दाउपेचमा परे । इतिहासमा यस्ता थुप्रै घटना छन् ।

राजतन्त्र सिद्धिएपछि राजामात्र होइन, एउटा दरबार पनि सिद्धियो । पहिले एउटा दरबारमा उपस्थिति जनाए पुग्थ्यो । अहिले दरबार छरिएका छन् । कुन दरबार हो र कुन होइन, छुट्याउन गाह्रो छ । थाहा पाउन गाह्रो छ । त्यसरी नै जागिरेहरुलाई पनि दरबार चिन्न सजिलो छैन । सबैलाई राजा बन्ने शोख छ । जागिर खाने रहर चलेको छ ।

निजामती सेवामा लोकसेवा पास गरेपछि जागिर सुरु हुन्छ । यो नै निजामती सेवाको प्रमुख योग्यता हो । त्यसपछि योग्यता बढेको वा घटेको मापन कहिले गरिँदैन । केवल जागिर खाए पुग्छ । जागिर कसरी खाने व्यक्तिलाई परिस्थितिले आफै सिकाउँछ ।

निजामती सेवामा लोकसेवा पास गरेपछि जागिर सुरु हुन्छ । यो नै निजामती सेवाको प्रमुख योग्यता हो । त्यसपछि योग्यता बढेको वा घटेको मापन कहिले गरिँदैन । केवल जागिर खाए पुग्छ । जागिर कसरी खाने व्यक्तिलाई परिस्थितिले आफै सिकाउँछ । क्रमशः जागिरे बन्दै जान्छ । जागिर पेशा बन्दै गएको छ ।

अहिले जागिर आकर्षक बनेको छ । राजनीतिक नेतृत्वलाई सरुवा, बढुवा, नियुक्ति गर्न साह्रै मन पर्छ । कर्मचारीतन्त्र यो विषय त्यति रुचाउँदैन । किनकि जागिर खाने बानी परिसकेको छ । राजनीतिमा रहर जाग्नु र प्रशासनमा रहर हराउनुले राजनीतिक उत्साह बढ्छ भन्ने कुरा कर्मचारीतन्त्रलाई राम्ररी थाहा छ । तर जागिर खान थालेपछि यो क्रमशः विलुप्त हुँदै जाँदो रहेछ । जागिर अहिले व्यापारमा परिणत भएको छ । जागिरे र विज्ञ छुट्टिन छाडेका छन् । विज्ञ हुने लोभमा जागिर बिर्सिंदै गएको छ । सूचनाहरु बिक्री गरेर विज्ञहरु जागिरमा रमाएको देखिन्छ । जताबाट पनि सरकारी ढुकुटीबाट जागिरेहरुको चयन छ ।

जागिरेहरको सान शौकत नै फरक छ । जो जागिरमात्र खान्छन्, उनीहरु जागिरे जस्ता देखिँदैनन् । तर, तिनीहरू पनि जागिरे नै हुन् । त्यसैले होला नेपालमा जागिरप्रतिको मोह बढेको छ । तर सधैँभरि नेपाली जनता तिनै जागिरेलाई गाली गर्छन् र भन्छन् जागिरे प्रवृत्ति । यो प्रवृत्ति जताततै छ । सरकारी, गैरसरकारी, निजी, न्याय, प्रहरी, व्यापार, पत्रकार, व्यवसाय सबै क्षेत्रमा । किनकि वास्तविक जागिर खान त्यति सजिलो छैन ।

जो जागिरमात्र खान्छन्, उनीहरु जागिरे जस्ता देखिँदैनन् । तर, तिनीहरू पनि जागिरे नै हुन् । त्यसैले होला नेपालमा जागिरप्रतिको मोह बढेको छ । तर सधैँभरि नेपाली जनता तिनै जागिरेलाई गाली गर्छन् र भन्छन् जागिरे प्रवृत्ति ।

जागिर कसले खाने, कसले नखाने भन्ने विषय लगभग सकियो । राजनीति जागिर, पेशा वा सेवा के हो भन्ने विषयको सीमारेखा सकिएको छ । कर्मचारीले जागिरमा पेशा, सेवा वा व्यापार के गर्दैछ, छुट्टिन छाडेको छ । सबैतिर जागिर जीविका भएको छ । कहीँ कुनै क्षेत्र छुटेको छैन ।

पिता–पुर्खाले भन्थे, ‘उत्तम खेती, मध्यम व्यापार, अधम जागिर ।’ तर, अहिले उत्तम जागिर, मध्यम व्यापार र अधम खेती भएको छ । जागिर र खेतीको बीचमा व्यापार फस्टाएको छ । व्यापारीहरूले सबैलाई आफ्नै जागिरे बनाउन चाहेका छन् । खेतीमा चाहिं जागिर फस्टाएन । किनकि त्यहाँ जागिरे प्रवृत्ति काम लाग्दैन । खेती पेशा हो । जागिर होइन । त्यसैले यो इमानदार क्षेत्र अहिले पेशा बन्न सकेन । यसलाई पनि जागिरेहरुले ध्वस्त पारेर छाडिसके ।

पहिले राजाको सिदूर पहिरिनु गौरव मानिन्थ्यो । अहिले कसैलाई पनि राज्यको सिन्दूर पहिरिएको अनुभूति हुँदैन । कोही स्वतःस्फूर्त जागिरे बन्दै जान्छन् । कोही जागिरमात्र खान्छन् । कोही जागिरेमात्र हुन्छन् । यो सीमारेखा नछुटिँदा वास्तविक जागिरेहरु ओझेलमा परेका छन् । संगठनले न्याय देला भन्ने भर छैन । आफै न्याय खोज्न नहिँड्ने जागिरेहरु संगठनभित्रै हराउँछन् । कर्मचारीतन्त्रभित्र वास्तविक जागिरेहरुलाई खोज्नु भनेको उत्प्रेरणा, मनोबल, उत्साह, उत्तरदायित्व र जिम्मेवारी बढाउनु हो । यो क्रमशः क्षयीकरण हुँदैछ । अब जागिर खान गाह्रो हुँदै गाएको छ ।

कोही स्वतःस्फूर्त जागिरे बन्दै जान्छन् । कोही जागिरमात्र खान्छन् । कोही जागिरेमात्र हुन्छन् । यो सीमारेखा नछुटिँदा वास्तविक जागिरेहरु ओझेलमा परेका छन् ।

अन्न, नूनको सोझो गर्दा अहिले कसैले पत्याउँदैनन् । अहिले नून र गुण सकिएको छ । राम्रो काम गर्ने बरण्डामा पुग्छन् । जागिरेहरु मूल भान्सामा र खटनपटन गर्छन् । भान्सामा कसरी पुगिन्छ भन्ने नबुझ्नेको के दोष ? अरुले बुझ्ला भनेर आशा गर्नेहरु वास्तविक जागिरे होइनन् । यी त जागिरमात्र खान्छन् । जागिर विस्तारै औपचारिक हुँदै गएको छ । ‘राजाको काम कहिले जाला घाम’ जताततै छ । नतिजाभन्दा नजिकमा बढी विश्वास बढेको छ । ठूल्ठूला भ्रष्टाचारमा मुछिएका घटनाले कसैलाई लाजमर्दाे बनाउँदैन ।

पहिले ब्रह्मस्व, राजस्व, देवस्व मास्ने कर्मचारी वा नेता दुबै महापातकी मानिन्थे । अहिले यही स्रोत नै कर्मचारीतन्त्र, राजनीति र निजी क्षेत्रको कमाउने र जागिर खाने मुख्य स्रोत भएको छ । पहिले यस्ता रकम मास्ने समाजबाट तिरस्कृत हुन्थे । त्यसैले समाज नैतिक थियो । यस्ता चरित्रलाई समाजले स्वीकार गर्दैनथ्यो । अहिले यस्ता वर्ग नै समाजमा बढी प्रभावी छन् । कर्मचारीतन्त्र र राजनीतिमा सम्मानित छन् । पहिले पनि निश्चित वर्गको हालीमुहाली चाहिं थियो । उनीहरुका लागि राज्यका सबै स्रोत पारिवारिक थिए । वर्ग विभाजित थियो । इमानदार वर्गले सम्मान पाउन कठिन थियो । इमानदार सिपाहीले ‘हजुरको नजर बाङ्गो कि मेरो घाँटी चिलाएको रुख त बाँङ्गै छ’ भने जस्तो साहस गर्ने त्यतिखेर केही थिए । अहिले यो शब्द पनि उच्चारण हुँदैन । जसोजसो ब्राह्मण त्यसै–त्यसै स्वाहा । यो प्रवृत्तिले जागिर पेशा हुँदै गएको छ । जागिर खान गाह्रो हुँदै गएको छ ।

पहिले ब्रह्मस्व, राजस्व, देवस्व मास्ने कर्मचारी वा नेता दुबै महापातकी मानिन्थे । अहिले यही स्रोत नै कर्मचारीतन्त्र, राजनीति र निजी क्षेत्रको कमाउने र जागिर खाने मुख्य स्रोत भएको छ । पहिले यस्ता रकम मास्ने समाजबाट तिरस्कृत हुन्थे ।

नेपालमा तलब समय र जागिर पर्याय जस्तै छन्, टेन टु फाइभ । सबैतिर जागिरको समय एउटै । बैक, निजी क्षेत्रको जागिर तलबको हिसाबले उच्च छ । तर, सम्मानित अझै हुन सकेको छैन । अदालत, न्याय क्षेत्रको जागिर, पेशामा नमुछिनु पर्थ्यो । यद्यपि यी विषय पनि प्रमुख समाचार बन्दैछन् । राजनीतिमा तलब, सुविधा र समयले महत्व नदिनुपर्थ्यो । समय र सेवा प्रमुख हुनुपर्थ्यो । यो क्षेत्रमा पनि तलब र समयले महत्व पाउँदै गयो । कर्मचारीतन्त्रको त लगभग विशेषता नै यही जस्तै भएको छ । योभन्दा माथि उठेर सोच्ने गरी अब सबैलाई जागिर गाह्रो भएको छ । जागिर खान नसकिने भो ।

(लेखक  दाहाल नेपाल सरकारका सहसचिव हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *