हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक – Nepal Press

हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

सिन्धुपाल्चोक ।हेलम्बु गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

हेलम्बु गाउँपालिकाको अभियान, ‘नमुना गाउँपालिकाको निर्माण’ भन्ने मुल नारा लिएर लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।जस अन्तर्गत बाढि पिडित व्यावसायका लागि ऋण मिनाहा तथा सहुलियत ब्याज, बाढिबाट क्षति पुगेका ८ वटा ट्राउट माछा फर्मको लागि दाना बनाउने मेशिन खरिद गरिदिने,बाढिको कारण गाउँपालिका भित्र पूर्ण रुपमा क्षति भएको घर र जग्गा जमिनहरुको गाउँपालिकालाई तिर्नु पर्ने कर तिर्नु नपर्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

शिक्षा क्षेत्रमा, हेलम्बु नमूना विद्यालय, सम्बोटालिपी र संस्कृतलीपी, दलित विद्यार्थीको लागि निशुल्क डाक्टरी शिक्षा, विद्यालयमा दिवा खाजा कार्यक्रम, शिक्षक तथा कर्मचारी सुरक्षा कोष , कल्याणकारी कोष, अस्थायी अवकाश कोष, गाउँपालिका भित्र रहेका बालविकास सहजकर्ताको तलव वृद्धि,अध्यक्षसँग बालवालिका कार्यक्रम, विद्यालय मर्ज कार्यक्रम, शिक्षकहरुले आफ्नो बच्चाहरु निजी विद्यालयमा पठनपाठन गराउन नपाउने जस्ता कार्यक्रमहरु गाउँपालिकाले ल्याएको छ ।

यस्तै, गाउँपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । एक वडा एक एम्बुलेन्स, घरघरमै सुत्केरी आमाहरु जाँच, समय र हाम्रो माग–दिर्घरोगीहरुलाई निशुल्क औषधीद्धारा सम्मान, निशुल्क एम्बुलेन्स सेवा तथा थप प्रसुती पोषण खर्च जस्ता महत्वपूर्ण नीति तथा कार्यक्रमहरु गाउँपालिकाले समेटेको अध्यक्ष शेर्पाले बताए ।

गाउँपालिकाले पर्यटन लागायतका क्षेत्रहरुलाई समेत प्राथमिकतामा राखेको छ । आगामी वर्षहरुमा भौतिक पूर्वाधार, कृषि, सडक, शिक्षा, स्वास्थ्य, रोजगार, को क्षेत्रलाई प्राथमिकतामा राखि पर्यटन प्रवर्धन, रोजगारी सिर्जना, स्वास्थ्य सुरक्षा र आयआर्जनमा वृद्धि गरि हेलम्बु लाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको जनाएको छ ।


प्रतिक्रिया

One thought on “हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *