चेस ओलम्पियाडका लागि खेलाडी छनोट – Nepal Press

चेस ओलम्पियाडका लागि खेलाडी छनोट

काठमाडौं । चेस ओलम्पियाडको ४४ औँ संस्करणमा सहभागी हुने नेपाली खेलाडीको टुङ्गो लागेको छ ।

शनिवार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् ।

मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शीर्ष बरिएताका विवेक थीङ स्वतः छनोट भइसकेका छन् ।

यसै गरी, महिला तर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, विनीता कपाली र शान्ति धिमाल छनोट भए ।

कृत्तीसराले ५.५ , अनिसा र विनीताले ५ तथा शान्तिले ४.५ अंक हात पारे । राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरियताकी सुना लोहनी स्वतः छनोट भएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर