नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगे – Nepal Press

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगे

काठमाडौं । नियुक्त भएको एक महिनापछि नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव शनिवार दिउँसो काठमाडौं आइपुगेका छन् ।

उनी गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त भएका थिए । शनिवार दिउँसो काठमाडौं आइपुगेका श्रीवास्तवलाई कार्यवाहक राजदूत नामग्य सी खम्पा तथा दूतावासका अन्य अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उनको ठाउँमा नियुक्त भएका श्रीवास्तव चिनियाँ मामिला जानकार हुन्।

उनी यस अघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीका रूपमा कार्यरत थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *