रामेछाप-काठमाडौं पत्रकार समाजको अध्यक्षमा गुरुङ र महासचिवमा पौडेल चयन – Nepal Press

रामेछाप-काठमाडौं पत्रकार समाजको अध्यक्षमा गुरुङ र महासचिवमा पौडेल चयन

काठमाडौं । रामेछाप–काठमाडौं पत्रकार समाजको अध्यक्षमा दीपेन्द्र गुरुङ चयन भएका छन् ।

समाजको शनिवार काठमाडौँको चक्रपथस्थित अरिकल इभेन्ट्समा आयोजित दोस्रो साधारण सभाबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको महासचिवमा अन्नपूर्ण पोस्टका प्रज्ज्वल पौडेल चयन भएका छन् । उपाध्यक्षमा यसिमा महत,सचिवमा एलिना कार्की र कोषाध्यक्षमा दुर्गा खड्का चयन भएका छन् ।

सदस्यहरूमा घनश्याम श्रेष्ठ,पवन बराइली,सुवास सुनुवार, राजकुमार खाती सर्वसम्मत चयन भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको प्रमुख आतिथ्यमा भएको साधारण सभामा पत्रकार महासंघका केन्द्रीय सदस्य माधव पौडेल, ज्ञानप्रसाद पौडेल, काठमाडौँ जिल्ला शाखा अध्यक्ष सूर्य सुवेदी, अमेरिका निवासी रामेछापका समाजसेवी सोनाम गेल्बु शेर्पा लगायतलाई सम्मानित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर