राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी – Nepal Press

राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी

हेटौँडा । राप्रपा नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् ।

धनगढीमा जारी सुदूरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो ।

पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त जोशी हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

उनी विद्यार्थी काल देखि नै राजनीतिमा संलग्न थिए भने प्रदेश कोषाध्यक्षको समेत जिम्मेवारी बहन गरिसकेका छन् ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि जोशीले सुदूरपश्चिम प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर