मनमोहनलाई सम्झिदै बजेट भाषण – आफ्नो गाउँ आफैं बनाउँ नै स्थानीय सरकारको जग – Nepal Press

मनमोहनलाई सम्झिदै बजेट भाषण – आफ्नो गाउँ आफैं बनाउँ नै स्थानीय सरकारको जग

ओखलढुंगा । देशभरका अधिकांश स्थानीय तहले वार्षिक बजेट र योजना तर्जुमा प्रस्तुत गर्दा पुर्वाधार विकासमा जोड दिएका छन् । ओखलढुंगाको लिखु गाउँपालिकाले भने पुर्वाधारसँगै कृषि,पर्यटन र सामाजिक न्यायलाई जोड दिएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट वक्तव्य प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले लोककल्याणकारी व्यवस्था र स्थानीय सरकारको जग नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले स्थापना गरेको बताइन् ।

बजेट वक्तव्यमै उनले तत्कालीन ९ महिने एमालेको सरकारले अघि सारेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम नै अहिलेको अधिकार सम्पन्न स्थानीय सरकारको जग रहेको उल्लेख गरेकी छन् । सोही कार्यक्रमलाई स्थानीय स्वायत्त शासन हुँदै ग्रामिण स्वाबलम्वन कार्यक्रममा रुपमा तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले निरन्तरता दिएको बजेट तथा नीति कार्यक्रममा उल्लेख छ ।

बजेट वक्तव्यमा उपाध्यक्षले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा अहिले केही अवरोधमा परे पनि स्थानीय सरकारहरुले पनि सोही लक्ष्य लिएर अघि बढ्नुपर्ने बताइन् । गाउँपालिका अध्यक्ष अशोक कार्की नेपाली कांग्रेस र उपाध्यक्ष थापा एमालेबाट निर्वाचित भएकाले बजेट तथा नीति कार्यक्रममा दुवै पक्षका एजेण्डाहरुलाई समावेश गरिएको छ ।

गाउँपालिकाले यौन हिंसा,डिप्रेसन,आत्महत्या नियन्त्रणका गर्दै जीवनको महत्व सिकाउँने कायृक्रममा समेत बजेट बिनियोजन गरेको छ । त्यस्तै महिला समस्या समाधानका लागि सहायता कक्ष,विद्यालय तहमा स्काउट कार्यक्रममहिलाको स्वास्थ्य परीक्षण,जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकाहरुलाई घर घरमै शिविर र १२ कक्षा उत्तीर्ण गरेका युवाका लागि सिप विकास कार्यक्रम सन्चालन गर्न बजेट बिनियोजना गरेको छ ।

बजेटको मुख्य हिस्सा पालिकाभित्रका सडकको स्तरोन्नति तथा पुर्वाधकार विकासमा लगाइएको छ । कृषि र पर्यटनमा आधारित उद्यमशीलता र रोजगारी अभिबृद्धिका लागि विशेष कार्यक्रम अघि सारिएका उपाध्यक्ष थापाले बताइन् ।

प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको प्रमुख आतिथ्यमाा भएको गाउँसभामा पूर्व सांसद रामहरी खतिवडा,बालकृष्ण ढुंगेल,कांग्रेस नेता प्रदिप सुनुवार लगायतले शुभकामना दिएका थिए ।

उपाध्यक्ष थापाले पेश गरेको कार्यक्रममा पालिकाभित्रका संस्थाबाट विषेशज्ञ डक्टर सहितको सेवा प्रदान गर्ने, महिला तथा सुत्कोरी कोष खडा गर्ने, लैंगिक हिँसा पिडित कोष गर्ने, स्थानिय पाठ्यक्रम निर्माण गर्ने, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताको लागि ७ हजार तलब बृद्धि गर्ने लगायतका लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

त्यस्तै स्वच्छ पिउनेपानीका लागि एक घर एक धारा सञ्चालन गर्ने, गाउपालिका क्षेत्रमा विद्युतिकरण गर्ने, वन तथा वातवरणको क्षेत्रमा हरियाली संरक्षणका निमित्त एक विद्यार्थी एक विरुवा, एक एक नागरिक एक विरुवा कार्यक्रम सञ्चालन गर्ने लगायतका थुप्रै जनमुखी कार्यक्रमहरुको प्रस्ताव गरिएको थापाले बताइन् ।

कार्यक्रममा उपाध्यक्ष थापाले ४७ करोड ८१ लाख ३३ हजार ८ सय ३१ रुपायाँको प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।

निति तथा कार्यक्रम र बजेटका विषयमा गाउपालिकामा दफाबर छलफल गरी अनुमोदन गर्ने गाउपालिकाका सुचना अधिकारी द्रोणकुमार धमलाले दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर