पोखराको सुइँखेत डुबानमा, डेढ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो – Nepal Press

पोखराको सुइँखेत डुबानमा, डेढ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

पोखरा । अविरल वर्षासँगै कास्कीकाे विभिन्नठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । पोखराको सुइँखेत डुबानमा परेको छ ।

शुक्रबार बेलुकादेखि परेको अविरल वर्षापछि गएको पहिरोले खोला थुनिँदा सुइँखेत डुबानमा परेको हो । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए ।

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर