एन्फाका नवनिर्वाचित अध्यक्ष नेम्वाङलाई एएफसी अध्यक्षको बधाई – Nepal Press

एन्फाका नवनिर्वाचित अध्यक्ष नेम्वाङलाई एएफसी अध्यक्षको बधाई

काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान बीन इब्राहिम अल खालिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बधाई दिएका छन् ।

शुक्रवार खालिफाले पत्रमार्फत नेम्वाङको जित नेपाली फुटबल परिवारले उनको क्षमतामा गरेको विश्वासको परिणाम भएको उल्लेख गरेका छन् ।

असार ६ गते पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको नयाँ अध्यक्ष चुनिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *