हङकङलाई पराजित गर्दै मलेसिया एसीसी महिला टी- २० च्याम्पियनसिपको फाइनलमा – Nepal Press

हङकङलाई पराजित गर्दै मलेसिया एसीसी महिला टी- २० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । हङकङलाई १२ रनले पराजित गर्दै घरेलु टिम मलेसिया एसीसी महिला टी–२० च्याम्पियनसिपको फाइनल पुगेको छ ।

फाइनल पुगेसँगै मलेसियाले एसिया कपमा स्थान बनाएको छ ।

किनरारा ओभल एकेडेमीमा टस जितेर पहिला बलिङ गरेको हङकङलाई मलेसियाले ८७ रनको लक्ष्य दिएको थियो ।

मलेसियाले दिएको विजयी लक्ष्य पछ्याएको हङकङ निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै ७४ रनमा सीमित भयो ।

वर्षाका कारण यसअघिको सेमिफाइनल खेल पुरा हुन नसक्दा नेपाल बाहिरिँदै यूएईले फाइनलमा स्थान बनाएको थियो ।

यस्तै, फाइनल पुग्ने दुवै टिमले एसिया कपमा स्थान बनाएका छन् ।

यूएई र मलेसियाबीचको फाइनल खेल शनिवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर