संसदीय उपसमितिको निर्देशन- इन्धनको कर ५० प्रतिशत घटाउ – Nepal Press

संसदीय उपसमितिको निर्देशन- इन्धनको कर ५० प्रतिशत घटाउ

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको बजार अनुगमन उपसमितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको छ ।

समितिको बैठकले पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सर्वसाधारणलाई पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी राहत उपलब्ध गराउन विद्यमान कर आधा घटाउन निर्देशन दिएको हो ।

उप समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार निगमका पदाधिकारी र सरोकारवालाहरूसँगको छलफलको निष्कर्षका आधारमा पेट्रोलियम पदार्थमा लगाइएको कर आधा घटाएर भए पनि जनतालाई राहत दिन सरकारलाई निर्देशन दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर