काठमाडौं महानगरको बजेट भाषण- मन्त्रीपत्नी मञ्चमा – Nepal Press

काठमाडौं महानगरको बजेट भाषण- मन्त्रीपत्नी मञ्चमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेको छ । महानगरकी उपमेयर सुनिता डंगोलले बजेट वाचन गरेकी हुन् ।

बजेट भाषण गर्ने कार्यक्रममा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई प्रमुख अतिथि बनाइएको थियो ।

उनी आफ्नी पत्नीसहित कार्यक्रममा आएका थिए । श्रेष्ठकी पत्नी अञ्जली बज्राचार्यलाई कार्यक्रमको मञ्चमा नै आसीन गराइयो । मन्त्रीपत्नीलाई यसरी मञ्चमा राखेर बजेट भाषण गर्ने अभ्यास अघिल्ला वर्षहरूमा गरिएको थिएन ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आफ्नो शपथग्रहण कार्यक्रममा पनि पत्नीलाई मञ्चमा राखेका थिए ।

अनाधिकारिक व्यक्तिलाई मञ्चमा राख्ने अभ्यासलाई उनले बजेट भाषणमा पनि निरन्तरता दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर