‘विद्रोही’ १० सांसदबारे राजेन्द्र पाण्डेले भने- उहाँहरूसँग पार्टी छाड्ने तागत छैन – Nepal Press

‘विद्रोही’ १० सांसदबारे राजेन्द्र पाण्डेले भने- उहाँहरूसँग पार्टी छाड्ने तागत छैन

मन्त्री फिर्ता बोलाउने निर्णय अलि हतारमा भयो, भोलि साँझसम्म कार्यान्वयन हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं वागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्री फिर्ता बोलाउने निर्णय केही हतारमा भएको बताएका छन् । पार्टीको पोलिटब्यूरो बैठकपछि उनले अलि हतारमा निर्णय भएपनि भोलि साँझसम्म फेरबदल हुने बताए ।

‘पहिले हामीले गरेको निर्णय पनि अपरिपक्व जस्तै भयो,’ उपाध्यक्ष पाण्डेले भने, ‘किनभने बजेटको छलफल चलिरा’थ्यो । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले आफ्नो प्रतिक्रिया दिनुपर्ने हुन्छ । सांसदहरूको उत्तर दिनुपर्ने हुन्छ । अर्लि निर्णय ग’यौँ ।’

अब मन्त्रीहरूले जवाफ दिइसकेकाले फिर्ता हुनुपर्ने उनले बताए । ‘अब उहाँले जवाफ दिइसक्नुभो, त्यसोभएको हुनाले अब फर्किनुपर्ने हुन्छ,’ उनले भने ।

मन्त्रीहरूले फिर्ता हुन आनाकानी गरिरहेको विषयमा पत्रकारको प्रश्नको जवाफ दिँदै भोली बेलकासम्म फिर्ता भइसक्ने बताए । उनले भने, ‘फेरबदल हुने-नहुने भोलि बेलुकासम्म थाहा हुन्छ । यी साथीहरू जान्छन् । नयाँ साथीहरू आउँछन् ।’

आफूले बोलिसकेपछि मन्त्री फेरबदल हुनेमा शंका नगर्न उनले आग्रह गरे । ‘मैले बोलिसकेपछि हुन्छ, भन्ने बुझ्नुस् न,’ पाण्डेले भने ।

उपाध्यक्ष पाण्डेले पहिले पनि पार्टीकै निर्णयमा मन्त्री बनेको बताउँदै अब पनि पार्टीकै निर्णयमा नयाँ मन्त्री हुने बताए ।

‘मै हो बसेर चिठ्ठी बनाउने, कल्लाई-कल्लाई कुन मन्त्री बनाउने भनेर,’ उनले भने, ‘उहाँहरू गुटुटुटु दौडेर मन्त्री भएको होइन । त्यस्तै अर्को चिठ्ठी जान्छ, त्यसैले फिर्ता हुन्छ ।’

एउटा ज्युँदो पार्टीभित्र विवाद हुने पनि उनले बताए ।

मन्त्रीहरूले पार्टी छाडिदिन्छु भन्ने धम्की दिएको विषयमा पत्रकारको जिज्ञासामा पाण्डेले भने, ‘उहाँहरू पार्टी छोड्न सक्नुहुन्न अहिले । छोड्ने ताकत छैन । छोड्न नपर्ने भा’हुनाले छोड्दिउँ-छोड्दिउँ भन्या मात्रै हो ।’


प्रतिक्रिया

2 thoughts on “‘विद्रोही’ १० सांसदबारे राजेन्द्र पाण्डेले भने- उहाँहरूसँग पार्टी छाड्ने तागत छैन

  1. मा. मेटमणीले अस्ति नै २४ घण्टा भनेर भन्थे, यी मुखमन्त्रीले भोलि बेलुका भने, भोलि बेलुकासम्म त मुखमन्त्री पो मा. इन्द्र बानियाँलाई बुझाउने हो कि ?

  2. पाण्दे दाजु पनि लाष्टै हावा हो के दाजुको म त पिठ्ठु कार्जेकर्ता हो नी दाजु नी लाष्टै हसाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर