कैलालीमा सालको गोलियासहित ३ जना पक्राउ – Nepal Press

कैलालीमा सालको गोलियासहित ३ जना पक्राउ

कैलाली । कैलालीको बर्दगोरियामा ३० थान सालको गोलियासहित ३ जना पक्राउ परेका छन् । बर्दगोरिया ३ रानीकुन्डाको खल्ला खेतबाट अवैध रूपमा ल्याउँदै गरेको २१९.९० क्यु फिट गोलियासहित स्थानीय तीन जना पक्राउ परेका हुन् ।

सबडिभिजन वन कार्यालय बर्दगोरिया र साडेपानीको संयुक्त टोलीले ७ गोरु गाडामा रहेको गोलिया बरामद गरेको सहायक वन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।

उनका अनुसार बर्दगोरिया वडा ६ का दीर्घ बिक, रमेश बिक र अर्जुन भुल पक्राउ परेका हुन् । काठ तस्करीमा संलग्न अन्य चार जना फरार रहेको चौधरीले बताए । उनीहरूको खोजी भइरहेको छ ।

पछिल्लो समय यहाँका सामुदायिक तथा राष्ट्रिय वनमा चोरी निकासी बढिरहेको छ । चोरी निकासीमा संलग्नहरू पक्राउ पर्नेहरूको सङ्ख्या बढिरहेको डिभिजन वन कार्यालय पहलमानपुर प्रमुख गोकुल रिजालले जानकारी दिए । आज बिहान पक्राउ परेका तीन जनामध्ये भुल यसअघि पनि चोरी निकासीमा संलग्न थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर