नेकपा एसभित्रको विवादबारे योगेश भट्टराईले भने- माधव नेपाललाई गरेको अनुनय सम्झिएँ – Nepal Press

नेकपा एसभित्रको विवादबारे योगेश भट्टराईले भने- माधव नेपाललाई गरेको अनुनय सम्झिएँ

काठमाडौं । नेकपा एसभित्र मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूले समेत चासो दिएका छन् । सामाजिक सञ्जालमा सबैभन्दा पहिलो प्रतिक्रिया चाहिँ सचिव योगेश भट्टराईबाट आएको छ ।

नेकपा एसको अहिलेको अवस्था देख्दा आफूले पार्टी विभाजन नगर्न माधव नेपाललाई अनुनयविनय गरेको उनले सम्झिएका छन् ।

उनले लेखेका छन्, ‘एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ ।’

त्यतिबेला आफूहरूले चिनेका खेलाडी माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने भट्टराईले उल्लेख गरेका छन् ।

‘आत्मबोध र पश्चाताप : सिर्फ कहिले ?’ उनले प्रश्न गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “नेकपा एसभित्रको विवादबारे योगेश भट्टराईले भने- माधव नेपाललाई गरेको अनुनय सम्झिएँ

  1. मा कु ने लाई वनझान्क्री ले सतायेर ज्वरो आउने बनाइदिएको छकी क्या हो? खुच्चिङ भन्न मन लागेको थियो तर के गर्ने ? अब धामीझाँक्री कहाँ जादा ठिक होला ।

    1. यीनले पुन: एकपटक माकुनेलाई अनुनय गर्ने दिन आउँछ आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर