अमेरिकी सिनेटद्वारा बन्दुक नियन्त्रण विधेयक पारित – Nepal Press

अमेरिकी सिनेटद्वारा बन्दुक नियन्त्रण विधेयक पारित

काठमाडौं । देशमा बन्दुक हिंसा बढेपछि अमेरिकी सिनेटरहरूले बिहीबार बन्दुक नियन्त्रण विधेयक पारित गरेका छन् । उक्त विधेयक शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले समेत पारित गरे अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानून बन्ने निश्चित भएको जनाइएको छ ।

सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेसँगै अमेरिकाका राष्ट्रपति जो बाइडेनले उक्त निर्णयको स्वागत गरेका छन् । ‘यो द्विपक्षीय कानूनले अमेरिकीहरूलाई जोगाउन मद्दत गर्नेछ । यसका कारण विद्यालय र समुदायका बालबालिका सुरक्षित हुनेछन्’, बाइडेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘आज राति २८ वर्षको निष्क्रियतापछि कंग्रेसका द्विदलीय सदस्यहरूले देशभरका परिवारहरूको आह्वानलाई ध्यान दिँदै हाम्रा समुदायहरूमा बन्दुक हिंसाको प्रकोपलाई सम्बोधन गर्न कानून पारित गरेका छन् । उभाल्डे र बफेलोका परिवारहरू जो पहिलेदेखि नै गोलीबारीहरूका घटनाहरुमा संलग्नमाथि कारबाहीको माग गर्दै आएका छन् । आज हामीले उनीहरुको मागलाई सम्बोधन गरेका छौं’, बाइडेनले भनेका छन् ।

५० डेमोक्रेटिक र ३० रिपब्लिकन सिनेटरको समर्थनमा अगाडि बढाइएको उक्त विधेयकमा २१ वर्षभन्दा कमका बन्दुक ग्राहकहरुका पृष्‍ठभूमि तथा मानसिक स्वास्थ्य परीक्षण गर्न ११ बिलियन अमेरिकी डलर, स्कुल सुरक्षा कार्यक्रमका लागि २ बिलियन डलर तथा खतरनाक हतियारहरुको नियन्त्रण गर्न ‘रातो झण्डा’ कानून तथा आवश्यक कोषको स्थापना गर्नेलगायतका प्रावधानलाई अघि सारिएको छ ।

अमेरिकी सिनेटद्वारा पारित गरिएको यस विधेयकलाई बन्दुक नियन्त्रण गर्न दशकौंपछिको सबैभन्दा प्रभावकारी पहलको रुपमा व्याख्या गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर