अफगानिस्तान भूकम्पः खाद्यान्न अभाव, हैजाको डर – Nepal Press

अफगानिस्तान भूकम्पः खाद्यान्न अभाव, हैजाको डर

काठमाडौं । विगत दुई वर्षयताकै विनाशकारी भूकम्पपश्चात अफगानिस्तानी जनताको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार हाल भूकम्प प्रभावित क्षेत्रका आम मानिसहरुले हाल खाद्यान्नको चरम अभाव भोगिरहेका छन् । हैजाको प्रकोप फैलन सक्ने पनि प्रबल सम्भावना छ ।

पूर्वी अफगानिस्तानस्थित पक्तिका प्रान्तमा बुधबार बिहान ६.१ म्याग्निच्यूटको भूकम्प गएको थियो । हालसम्म भूकम्पमा परी एक हजार मानिसहरुले ज्यान गुमाएका छन् । तीन हजार मानिस घाइते भएका छन् ।

विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको अफगानिस्तानले हाल अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर