गगन-गभर्नर भेट, अर्थतन्त्रमा देखिएका समस्याबारे कुराकानी – Nepal Press

गगन-गभर्नर भेट, अर्थतन्त्रमा देखिएका समस्याबारे कुराकानी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएको समस्याका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटेर छलफल गरेका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेको कुरा उनले फेसबुकमार्फत जानकारी गराएका हुन् ।

‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमा छलफल गरेको छु,’ थापाले लेखेका छन्, ‘अर्थतन्त्रमा देखिएका यीलगायतका समस्या समाधानका उपायहरूसहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर