एमाले झापा अध्यक्षको घरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि – Nepal Press

एमाले झापा अध्यक्षको घरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

झापा । एमाले झापा अध्यक्ष दीपक कार्कीको घरमा राखिएको प्रेसर कुकर बम जस्तो देखिने वस्तु नक्कली भएको पुष्टि भएको छ । गौरादह-३ मा रहेको कार्कीको घरको बाहिर प्रेसर कुकरमा तारजस्तो देखिएपछि बम हुन सक्ने आशंका गरिएको थियो ।

तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप गिरीले जानकारी दिए ।

‘प्रेसर कुकरभित्र ग्यास चुलोको सानो सामान र मोबाइलको चार्जर रहेछ । खासै केही रहेनछ,’ उनले भने । उक्त घर प्रदेश १ का पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पनि हो । प्रेसर कुकर जस्तो देखिने वस्तु कसले र किन राख्यो भन्‍ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *