जीवराज आश्रितको स्मृतिमा प्राविधिक शिक्षालय स्थापना हुने – Nepal Press

जीवराज आश्रितको स्मृतिमा प्राविधिक शिक्षालय स्थापना हुने

रुपन्देही । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा प्राविधिक शिक्षालय स्थापना हुने भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

गुल्मीको हरेवाबाट बसाइँ सरेपछिको कर्मथलो रुपन्देहीको साविकको सूर्यपुरा हसनापुर (हालको गैडहवा–८ सूर्यपुरा)मा रहेको आश्रितको घरमा बैठक सम्पन्न भएको छ ।

सूर्यपुरा हसनापुर जीवराज आश्रितले लामो समय विताएको, राजनीतिदेखि अन्य सामाजिक, शैक्षिक गतिविधिमा सक्रिय रहेको ऐतिहासिक स्थल हो । बैठकले आश्रितको ब्यक्तित्व र कृतित्वको रक्षा गर्दै आमनेपाली नागरिकसंग पुर्याउने संकल्प गरेको छ ।

बैठकले आगामी आर्थिक वर्षभित्र आश्रित स्मृति प्रतिष्ठानले कल्पना गरेको प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने पनि निणर्य गरेको अध्यक्ष चरण तिमिल्सेनाले जानकारी दिए । बैठकले डाक्टर मुरारि पराजुलीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । यस्तै बैठकले आश्रित स्मृति प्रतिष्ठान नेपालको ११ सदस्यीय सल्लाकार समित चयन गरेको छ ।

सल्लाहकार समितिमा नेत्र पन्थी, शिवराज सुबेदी, साबित्रा अर्याल, भोजप्रसाद श्रेष्ठ, पुरन गुरुङ, बलबहादुर आचार्य, कुमार थापामगर, कमलप्रताप थापा, सागर न्यौपाने, बालाराम भट्टराई र कृष्णप्रसाद पाण्डे छन् ।

प्रतिष्ठानलाई समयानुकुल रचनात्मक सल्लाह, सुझाव तथा प्रतिष्ठानको उद्देश्य पूरा गर्न, समग्र गतिविधि व्यवस्थित रुपमा संचालन गर्न कार्यविभाजन समेत गरिएको छ । योजना तथा बजेट व्यवस्थापन संयोजक चरणदास तिमल्सेना र सदस्यहरु युवराज घिमिरे, कल्पना थापा, प्रकाश अर्याल, ऋषिराम पाण्डे छन् ।

यस्तै प्राविधिक शिक्षा संचालन समितिमा संयोजक तिमल्सेना र संग्रहालय व्यवस्थापन तथा मर्मत संभार उपसमिति संयोजकमा युवराज घिमिरे, तालिम, गोष्ठि तथा अन्तरक्रिया समिति संयोजक कल्पना थापा, निर्माण तथा मर्मत संभार समिति संयोजक नारायणबाबु बस्नेत, आश्रित खोज, अनुसन्धान, साहित्य समिति संयोजक डा.मुरारि पराजुली, कार्यालय व्यवस्थापन तथा प्रचारप्रसार समिति संयोजकमा विष्णु केसी, कला–संस्कृति प्रवद्र्धन समिति संयोजकमा मोहनीलाल रिजाल छन् ।

प्रतिष्ठानद्वारा निर्मित ‘जिउँदा जीवराज’ वृत्तचित्रको प्रचारप्रसार गर्न कार्यसमिति आफै वा प्रगतिशिल बिचाराधाराका विभिन्न संगठन तथा सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरी च्यारिटी सो गर्ने निणर्य पनि बैठकले गरेको छ ।

बैठकले जीवराज आश्रितको ७९औं जन्मजयन्ती श्रावण १८ गते ‘सुखि नेपाली, समृद्ध नेपाल’को अवधारणामा आश्रितको भूमिका विषय गोष्ठी आयोजना गर्ने निणर्यसमेत गरेको केन्द्रीय सदस्य केशव भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर