प्रधानमन्त्री देउवा आज लुम्बिनी आउँदै – Nepal Press

प्रधानमन्त्री देउवा आज लुम्बिनी आउँदै

रुपन्देही । लुम्बिनी विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी आउन लागेका छन् ।

विश्वविद्यालयमा आयोजना हुने समारोहमा प्रधानमन्त्रीले विशेष समारोहमा सम्बोधन गर्ने र स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई दीक्षित गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यले जानकारी दिए । यसअघि बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न देउवा लुम्बिनी आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर