‘माईकल अधिकारी’को फस्टलुक्स पोस्टर सार्वजनिक – Nepal Press

‘माईकल अधिकारी’को फस्टलुक्स पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘माईकल अधिकारी’को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।

सिनेमाको सार्वजनिक २ पोस्टर मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन् भने अर्को तर्फ पैसाको थुप्रो देखाईएको छ । यस्तै अर्को पेष्टरमा सौगात र सृष्टि पैसाको बिछ्याउनामा प्रेमिल भावमा देखिन्छन् ।

सिनेमाको पोस्टरसँगै प्रदर्शन मिति भाद्र ३ गतेलाई फाइनल गरिएको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको सिनेमालाई रन्जित रौनियारले निर्देशन गरेका हुन् ।

सिनेमामा सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ । उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य छन । सिनेमामा आत्मियता, भावनात्मक सम्बन्धसँगैं हास्यरस मिसिएको निर्माण टिमले जनाएको छ ।

उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । अभिनेता मल्लले अन्य सिनेमाभन्दा माइकल अधिकारीमा फरक देख्न मिल्ने निर्माण टिमले उल्लेख गरेको छ । सिनेमाको सम्पुर्ण छायांकन इलाम र झापामा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर