एमाले कैलालीका अध्यक्षलाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस – Nepal Press

एमाले कैलालीका अध्यक्षलाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस

कैलाली । नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पार्टी सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको छ ।

हिजो एमाले जिल्ला सचिवालय बैठकले थापालाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।

थापालाई स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार विरुद्ध नै लागेको आरोप लगाइएको छ । यस अघि थापालाई २३ बुँदे आरोप लगाउँदै स्पष्टीकरण समेत सोधिएको थियो ।

थापालाई पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अपुतो भनेको, शंकर पोख्रेल, लेखराज भट्ट, कर्ण थापा, नारदमुनि राना, गौरीशङ्कर चौधरी, कमला ओली , सन्तोष शर्मालाई राजीनामा दिन लगाउने धम्की दिएको,एमालेले एक सिट पनि जित्दैन भन्दै प्रचार गरेको , पार्टीका उम्मेदवार महादेव बजगाईँ, जुना चौधरी र ममता प्रसाद चौधरीलाई जसरी पनि हराउँछु भन्दै सार्वजनिक रूपमा बोलेको र उनीहरूलाई हराउने कार्यमा लागेको आरोप लगाइएको छ ।

थापा सुदूरपश्चिम प्रदेश सभा सदस्य पनि हुन् ।५ गते अध्यक्ष थापालाई तीन दिने स्पष्टीकरण सोधिएको थियो । उनले सार्वजनिक रुपमा स्पष्टीकरणको जवाफ नदिने बताएका थिए। हिजोको सचिवालय बैठकमा उनी उपस्थित थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर