पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा युवा संघको राँके जुलुस, सरकारी गाडी तोडफोड – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा युवा संघको राँके जुलुस, सरकारी गाडी तोडफोड

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस निकालेको छ।

नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडिबाट सुरु भएको राँके जुलुस माइतीघरतर्फ अगाडि बढेको थियो। यसक्रममा सरकारी गाडीमा समेत तोडफोड भएको छ।

यसले नयाँ बानेश्रर-माइतिघर सडकको सवारी आवागमन पनि प्रभावित भएको छ। नेपाल आयल निगमले यसै साता प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मुल्य बढाएको थियो। डिजेलमा पनि प्रति लिटर २७ रुपैयाँ बढाइएको छ।

त्यसबाहेक खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको पनि मूल्यवृद्धि र अर्थमन्त्रीले बजेटमा सेटिङ गरेको भन्दै युवा संघले देशव्यापीरुपमा विरोध प्रदर्शन गरिरहेको छ।

तस्विर- गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर