सत्तारुढ दलकै सांसदले सोधे- सभामुख महोदय ! मल आउँछ की आउँदैन ? – Nepal Press

सत्तारुढ दलकै सांसदले सोधे- सभामुख महोदय ! मल आउँछ की आउँदैन ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रमोद यादवले किसानहरूले कहिले मल पाउँछन् भन्दे सरकारसँग जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले किसानले मल पाउँछन् कि पाउँदैनन् भन्दै सभामुखमार्फत सरोकारवाला मन्त्रालयसँग जवाफ माग गरे । उनले नेपाललाई कृषि प्रधान देश भनिएपनि मल नआउँदा किसानहरूले क्षेत्रबाट जिताएर मुखिया बनाए पनि मलको समस्या समाधान गर्न नसकेकोमा तपाईंहरूले के गर्नुभयो ? भन्दै गुनासो गरेको बताए ।

‘किसानहरुको प्रश्न छ, मल आउँछ कि आउँदैन ? सम्बन्धित निकायलाई म यहि सदनमार्फत प्रश्न गर्न चाहन्छु ” सांसद यादवले भने, “ आउँछ भने अझै पनि केही बिग्रेको छैन । किसानहरूले अझै स्वीकार्नुहुनेछ ।’

रुपन्देही क्षेत्र नम्बर ४ को विकास हुन नसकेकोमा पनि सांसद यादवले प्रश्न गरे । नागरिकता विधेयक अहिलेसम्म संसदमा नआउँदा नागरिकताको अभावमा समस्या झेल्नुपरेको भन्दै सो समस्या हल गर्न पनि आग्रह गरे ।

रुपन्देहीको मर्चवार अन्न भण्डार भएपनि त्यहाँ खानेपानीको व्यवस्था नभएकोमा असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराए । दानउ र रोहीणी खोलाले किसानको जग्गा कटान गरिरहेको भन्दै तत्काल तटबन्धन लगाउन पनि माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर