प्रभावकारी बन्दै एनआईसी एशियाका बचत खाता, १ हजारभन्दा धेरैले पाए २ करोडभन्दा बढी भुक्तानी – Nepal Press

प्रभावकारी बन्दै एनआईसी एशियाका बचत खाता, १ हजारभन्दा धेरैले पाए २ करोडभन्दा बढी भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता प्रभावकारी हुँदै गएको छ । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका शाखाबाट १ हजार ६० जनाभन्दा बढी ग्राहकले घातक रोग बीमाबापत २ करोड १० लाख, दुर्घटना बीमाबापत ४० लाख र मेडिकल बीमाबापत २ करोड ६१ लाख गरी ५ करोड ११ लाख रूपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

केही दिनअघि मात्रै एनआईसी एशिया बैंकका बचतकर्ताले घातक रोगको ३० लाख बीमा भुक्तानी पाएका छन् । सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत उक्त बचत खाता खोलेका ३ जनाले बैकबाट १०/१० लाख रुपैयाँ बीमा भुक्तानी पाएका हुन् ।

बीमा लाभ प्राप्त गर्नेमा एनआईसी एशिया बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खेलेकी रेनुदेवी चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ ले खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खोलेकी विमला दाहालले बीमा भुक्तानी पाएका हुन् ।

बैंकले गत कात्तिकदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकका लागि ल्याएको छ ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकसामु ल्याएको छ ।

बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

(प्रबर्द्धनात्मक सामग्री)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर