गाँजा खेती नियमन विधेयक अघि नबढाएकोमा सांसद तामाङको आपत्ति (भिडिओ) – Nepal Press

गाँजा खेती नियमन विधेयक अघि नबढाएकोमा सांसद तामाङको आपत्ति (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले आफूले संसद सचिवालयमा दर्ता गरेको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक अहिलेसम्म छलफलमा नल्याएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सोबारे ध्यानाकर्षण गराए ।

संसद नियमावली अनुसार विधेयक दर्ता भएको ४ दिनभित्र विधेयकको कपी सबै सांसदलाई दिनुपर्ने र ७ दिनपछि छलफलमा ल्याउनैपर्ने व्यवस्था रहेको र उक्त नियम आफ्नो विधेयकको हकमा किन लागू नभएको भन्दै तामाङले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर