न्यायाधीश-अधिवक्ता अडिओ प्रकरण सदनमा प्रवेश – Nepal Press

न्यायाधीश-अधिवक्ता अडिओ प्रकरण सदनमा प्रवेश

काठमाडौं । न्यायाधीश र अधिवक्ताबीचको घुस डिलको अडिओ प्रकरणको विषयले सदनमा समेत प्रवेश पाएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको विषय सार्वजनिक भएपछि नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद भएको बताइन् ।

उक्त घटनाले मुलुकको न्यायालयको अवस्था छर्लङ्ग पारेको भन्दै सांसद सिटौलाले राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाइन् । आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमुक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै उनले सदनको ध्यानाकर्षण गराइन् ।

यस्ता गम्भीर विषयमा सबै सांसदहरू, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभइ सिङ्गो आवाज बन्नुपर्नेमा उनको जोड थियो ।

सांसद गजेन्द्रबहादुर महतले न्यायालय भ्रष्टाचारको अखडा बनिरहेको टिप्पणी गर्दै यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर