४५ अंकले घट्यो बजार, १ अर्ब ४९ करोडको कारोबार – Nepal Press

४५ अंकले घट्यो बजार, १ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । शेयर बजार आज ४५.२५ अंकले घटेको छ । २.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४८.२८ अंकमा आएको छ ।

एक अर्ब ४९ करोड ९७ लाख नौ हजारभन्दा धेरैको शेयर कारोबार भएको छ । २३७ वटा कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज आँधीखोला लघुवित्त कम्पनीको शेयरको सबैभन्दा धेरै मूल्य बढेको छ । सो कम्पनीको १० प्रतिशत शेयर मूल्य बढेको हो ।

सबैभन्दा धेरै शेयर कारोबार कुमारी बैंकको भएको छ । सो बैंकको आज ९ करोड ५३ लाखभन्दा धेरैको शेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर