हरियाणाकी १०५ वर्षीया महिलाले बनाइन् नयाँ कीर्तिमान – Nepal Press

हरियाणाकी १०५ वर्षीया महिलाले बनाइन् नयाँ कीर्तिमान

काठमाडौं । एउटा भनाइ छ, ‘उमेर मात्र एक संख्या हो। जोश र आँट भए कुनै काम गर्न उमेरले छेक्दैन ।’ यो भनाइलाई हरियाणाकी १०५ वर्षीया राम बाईले साबित गरेकी छन् । उनले बडोदरामा भएको १०० मिटर दौडमा नयाँ कीर्तिमान बनाएकी हुन् ।

द इन्डिया टुडेको रिपोर्टअनुसार हरियाणाको चरखी दादरी निवासी राम बाईले गत साता भारतको राष्ट्रिय एथलेटिक्स महासंघले आयोजना गरेको ‘राष्ट्रिय खुला मास्टर्स एथलेटिक्स च्याम्पियनसिप’ मा १०० मिटर दौड ४५.४० सेकेन्डमा पूरा गरी नयाँ कीर्तिमान रचेकी हुन् ।

यसअघि २०१७ मा आयोजित वर्ल्ड मास्टर्स गेममा १०० मिटरभन्दा बढी स्प्रिन्टको लागि स्वर्गीय मान कौरले ७४ सेकेन्डमा दौड पूरा गरी राष्ट्रिय कीर्तिमान रचेका थिए ।

राम बाईले जुन १५ मा भएको १०० मिटर दौड सँगसँगै आइतबार भएको २०० मिटरको दौडसमेत १ मिनेट ५२.१७ सेकेन्डमा सकेर जित आफ्नो नाम गरेकी छन् । दौडमा ८५ वर्षभन्दा माथिका कोही पनि सहभागी थिएनन् । जसमा रामबाईले प्रथम स्थान हासिल गरेकी हुन् ।

देशका लागि धेरै पदक जितिसकेकी उनलाई गाउँमा सबैले ‘उडानपरी’ भनेर चिन्छन् । उनले नोभेम्बर २०२१ देखि आफ्नो दौडको यात्रा सुरु गरेकी हुन् । उनले अहिलेसम्म चार स्वर्ण पदक जितिसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर