मुगुमा ‘जेल’ परेको कुकुरले तीन महिनापछि मालिक भेट्यो – Nepal Press

मुगुमा ‘जेल’ परेको कुकुरले तीन महिनापछि मालिक भेट्यो

मुगु । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ ।

२६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने नियन्त्रणमै थियो ।

मालिक छुटे पनि कुकुरलाई भने डिभिजन वन कार्यालय मुगुको थुनामा राखिएको समाचार बाहिरिएको थियो । तर, डिभिजन वन कार्यालयले भने कुकुर थुनामा नरहेको र मालिकले लैजान सक्ने भन्दै स्पष्ट पारेको थियो ।

कुकुरको मालिक तीन महिनापछि डिभिजन वन कार्यालयसँग सम्पर्कमा आएपछि जिम्मा लाएर पठाएको डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाले बताए ।

कुकुर मालिक च्याम्पा तामाङले डिभिजन वन कार्यालय मुगुले कुकर लैजाउ भनेर समयमै जानकारी नदिएकाो तर पनि कुकुर सकुशल रहेको जानकारी पाएपछि लिन आएको उनले बताए । जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूविरुद्ध कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक भने साधारण तारेखमा छुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर