सबै समुदायको भाषा र सांस्कृतिक प्रबर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा – Nepal Press
प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सव

सबै समुदायको भाषा र सांस्कृतिक प्रबर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रबर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रधानमन्त्री देउवाले विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्‍याएकोमा प्रशंसा गरे ।

मुलुकको नयाँ रुपान्तरणसँगै बहुजातीय, बहुभाषिक सम्बोधन गर्नेगरी कृतिहरू, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरूको एकता बढाउन सिर्जनशील कार्य गरेको देउवाले बताए । नेपालको प्राज्ञिक गरिमालाई अन्तराष्ट्रिय प्राज्ञिक क्षेत्रमा लैजान प्रतिष्ठानले खेलेको भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री देउवाले आगामी दिनमा संस्थाको गतिविधिलाई घतिभूत रुपमा अघि बढाउन र भाषा संस्कृतिको संरक्षण गर्न थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माण र नेपाली बृहत् शब्दकोष डिजिटल प्रणालीको कामले नेपालको संस्कृति थप उजागर हुने बताए ।

साहित्य र संस्कृतिसँग जोडिएका विभिन्न प्रतिष्ठानहरूलाई गत वर्षको तुलनामा यसपटकको बजेटमा उपेक्षा गरिएको आलेले गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *