देशव्यापी अन्तरवडा टेबलटेनिस भदौमा – Nepal Press

देशव्यापी अन्तरवडा टेबलटेनिस भदौमा

काठमाडौं । दोस्रो पूर्णशंकर श्रेष्ठ देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिता भदौ तेस्रो साता आयोजना हुने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक स्पिन इभेन्ट्स प्रालिले प्रतियोगिता भदौ २१ देखि २५ गतेसम्म हुने जानकारी दिएको छ ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितामा देशभरका वडाका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि) गरी सात स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

वर्तमान शीर्ष १६ वरियता प्राप्त टेबलटेनिस खेलाडीबाहेकका अन्य खेलाडीहरूले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको मेन्स र वुमेन्स सिंगल्स स्पर्धाको प्रथम, द्वितीय र तृतीय (दुवै सेमिफाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

यस्तै भेट्रान्स सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमिइनलिष्ट) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा सर्वाधिक पदक जितेर टीम च्याम्पियन बन्ने वडालाई ५० हजार र रनिङ शिल्ड प्रदान गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर