युक्रेनको समर्थन गर्ने देशहरुमा ‘ह्याकिङ’ को प्रयास गर्दै रुस – Nepal Press

युक्रेनको समर्थन गर्ने देशहरुमा ‘ह्याकिङ’ को प्रयास गर्दै रुस

काठमाडौं । विश्व प्रख्यात कम्पनी माइक्रोसफ्टले बुधबार सार्वजनिक गरेको एक रिपोर्टअनुसार रुस र युक्रेनबीच युद्ध सुरु भएयता युक्रेनको समर्थनमा लागेका देशहरुमा रुसले ‘ह्याकिङ’ को प्रयास गर्दै आएको छ ।

रिपोर्टअनुसार रुसले अमेरिकाका सरकारी निकायहरुका कम्प्युटरहरुमा पनि ‘ह्याकिङ’ को प्रयास गरिरहेको छ । ‘ह्याकिङ’ कै मद्दतले रुसले विभिन्न ४२ वटा देशको गोप्य जानकारी हासिल गरेको छ ।

रिपोर्टले दाबी गरेअनुसार रुसको ‘ह्याकिङ’ प्रयास २९ प्रतिशत सफल भएको छ । यस प्रयासले रुस ७.२५ प्रतिशत डाटा चोर्नसमेत सफल भएको छ । र्को छुट्टै संस्था ‘रिपोर्टर्स विथ आउट बोडर्स’ले सार्वजनिक गरेको एक रिपोर्टअनुसार रुसले सुनियोजित ढंगमा युक्रेनका फोटो पत्रकार माक्स लेविन र ओलेक्सी चेर्निशोवको हत्या गरेको थियो ।

मार्च १३ मा युक्रेनको राजधानी कीभ नजिकैको जंगलमा पत्रकारको हत्या भएको रिपोर्टमा उल्लेख छ । जसअनुसार माक्स र ओलेक्सीलाई रुसी सैनिकहरुले चरम यातना दिएर हत्या गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *