नेकपा (एमाले) निकट भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजमा विवाद – Nepal Press

नेकपा (एमाले) निकट भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजमा विवाद

काठमाडौं । नेकपा (एमाले) निकटको दलितको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजमा विवाद भएको छ । मुक्ति समाजको यहीँ असार ४ र ५ गते काठमाडाैंमा सम्पन्न दोस्रो केन्द्रीय कमिटीको बैठकमा संगठनको नेतृत्वमा भएको मनोनयन तथा कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै विवाद सुरु भएको हो ।

संगठनका इन्चार्ज तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य जितु गौतम र वर्तमान अध्यक्ष मनोहर विश्वकर्माले संगठनलाई दलित समुदायका मुद्दामा केन्द्रित हुने गरी बैठकमा कुनै प्रस्तावमा छलफल नै नगराई पार्टी संगठन सञ्चालनको विधि, नीति र पद्धतिको विपरीत मनोमानी तरिकाले जिम्मेवारी विभाजन गरेको आरोप छ ।

इन्चार्ज गौतम र अध्यक्ष विश्वकर्माले मनोमानि ढङगले केन्द्रीय सदस्यमा बाँकी रहेको दश प्रतिशत मनोनीत, जिल्ला इन्चार्ज, सह–इन्चार्ज, प्रदेश इन्चार्ज सह–इन्चार्ज, सचिवालय तथा स्थायी कमिटीमा आफ्ना पकेटकालाई जिम्मेवारी दिएको र संगठनमा लामो समयदेखि काम गरेका तथा संगठनलाई अप्ठ्यारो अवस्थामा पनि जोगाएर यो अवस्था सम्म ल्याउन योगदान गरेका नेतालाई जिम्मेवारी विहीनता बनाएको असन्तुष्ट पक्षको आरोप छ ।

पार्टी नेतृत्वलाई गलत रिपोट गरेर आफू सुरक्षित हुने यो खालको प्रवृत्ति कुनै हालतमा संगठनको हितमा नहुने भन्दै ६० प्रतिशत जति केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्, भने केही सदस्यले कुनै पनि जिम्मेवारीमा नरहने गरी राजीनामा दिएका छन् ।

मुक्ति समाजका ६ जना केन्द्रीय सदस्यले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

असन्तुष्ट जनाउँदै राजीनामा दिनेमा राजेश नेपाली पर्वत, विजयराज मयाँल, कैलाली, रामलाल राजवंशी, गुल्मी, दिपा नेपाली कञ्चनपुर, विष्णु विक, बाजुरा, प्रेम विश्वकर्मा कास्कीबाट रहेका छन् ।

त्यस्तै असन्तुष्टि प्रकट गर्ने केन्द्रीय सदस्यमा छविलाल विश्वकर्मा झापा, खड्ग परियार उदयपुर, बल बहादुर परियार ओखलढुङ्गा, रमेश परियार खोटाङ्ग, नारायण परियार सुनसरी, युवराज दर्नाल धनकुटा, अर्जुनकुमार सुनाम स्याङ्गजा, अस्मिता परियार कास्की, राजेश सुनाम नवलपुर, बेगम विक प्युठान, राजेन्द्र गौतम प्युठान, हरि नेपाली अर्घाखाँची, रुद्र विश्वकर्मा अर्घाखाँची, सुनिता अधिकारी चितवन, दनसिंह परियार मुगु, कृष्ण नेपाली गोरखा, चक्र स्नेही डडेलधुरा, रामहरी शाही समुन्द्री पाल्पा, दिनेश अछामी ललितपुर, चन्द्र धिमालकोटी सिन्धुपाल्चोक, राम सुनार सिन्धुपाल्चोक, दिलबहादुर रम्तेल धादिङ्ग, सानुवावु बिसुन्खे काठमाडौँ, संगम गहतराज काठमाडौँ रहेका छन् ।

त्यस्तै शान्ति सुनार बाँके, श्यामलाल विश्वकर्मा चितवन, कल्पना सुनार नवलपरासी, रवि सेन्चुरी रुपन्देही अनुशासन आयोग सदस्य, जुना नेपाली पर्वत, नारायण बहादुर रिजाल मकवानपुर, सम्झना परियार काभ्रे, शिवलाल नेपाली पर्वत, विवश बुढाथोकी लम्जुङ्ग, खड्ग पुर्कुटी काभ्रे, कृष्ण विके नवलपुर, गोपाल ल्वागुन झापा, हंस बहादुर नेपाली कैलाली, गणेश बिसी, तेज बहादुर विश्वकर्मा कञ्चनपुर, कृष्ण सुनार कञ्चनपुर, डिल्लिध्वज बराइली दोलखाबाट रहेका छन् ।

साथै केन्द्रीय सल्लाहकारमा मनोनीत भएका झापाकी अन्जु बर्देवाबाट र लेखा आयोगको सचिवमा मनोनीत भएका विनोद सुनारलेसमेत जिम्मेवारीमा नरहने घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर