नेमकिपाका अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक – Nepal Press

नेमकिपाका अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंलाई पत्नीशोक परेको छ । बिजुक्छेकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो ।

६२ वर्षीया प्रधान २०औं वर्षदेखि क्यान्सर पीडित थिए । दुईतीन दिनअघि क्यान्सरले च्यापेपछि अस्पताल ल्याएकी प्रधानको बुधबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको नेपाल क्यान्सर अस्पतालका मेडिकल निर्देशक डा. सुदीप श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार स्तन क्यान्सर सर्भाइभर प्रधानको पछिल्लो समय पाठेघरमा समेत क्यान्सर देखिएको थियो । रामेछाप माइती भएका प्रधान सरकारी शिक्षण सेवाबाटै केही वर्षअघि सेवा निवृत्त भएकी थिइन् । उनको र नारायणमान बिजुक्छेंको विवाह २०४० सालमा भएको थियो ।

बिजुक्छे दम्पतीका सुवेग र सुभान गरी दुई छोरा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *