करिब साढे २ करोड अवैध कमाएको ठहरसहित धनुषा प्रशासनका तत्कालीन नासुविरुद्ध मुद्दा – Nepal Press

करिब साढे २ करोड अवैध कमाएको ठहरसहित धनुषा प्रशासनका तत्कालीन नासुविरुद्ध मुद्दा

धनुषा जिप्रकाका तत्कालिन नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ४४ लाख बिगो दाबी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, धनुषाका तत्कालीन नायव सुव्वा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ४४ लाख ७१ हजार १०५ रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

झाले विभिन्न कार्यालयहरूमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा झाले २०३९ मंसिर ९ गते गाविस सचिव (रा.प.अनं.द्वितीय) पदबाट जागिर खाएदेखि विभिन्न पद तथा कार्यालयमा रहँदा २०७८ साउनसम्म २ करोड ४२ लाख ६७ हजार १०४ रूपैयाँ आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ ।

खर्चतर्फ ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च गरेकाले बिगो दाबी गरिएको रकम अवैध आर्जन गरेको अख्तियारको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर